२०८३ साउन ९ शनिबार

नबिल बैंकद्वारा सेवा हेल्थ केयरसँग बिभिन्न स्वास्थ्य सेवामा बैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने साझेदारी

ई आर्थिक    मंगलबार, फाल्गुन ३ २०७८
3.6K
Shares
नबिल बैंकद्वारा सेवा हेल्थ केयरसँग बिभिन्न स्वास्थ्य सेवामा बैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने साझेदारी

ई–आर्थिक, काठमाडौं । नबिल बैंकले सेवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले यस साझेदारीको लाभ उठाउन सक्नुहुनेछ ।

सेवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको नयाँ उन्नत पोलिक्लिनिक हो जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहुँच प्रदान गर्दछ । यस कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमूना संकलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८७ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij