२०८३ साउन १० आइतबार

कुमारी बैंकबाट अनुजमणि र महेश बाहिरिए, कामू सीईओको जिम्मेवारी रामचन्द्र खनाल

ई आर्थिक    मंगलबार, माघ २५ २०७८
5.3K
Shares
कुमारी बैंकबाट अनुजमणि र महेश बाहिरिए, कामू सीईओको जिम्मेवारी रामचन्द्र खनाल

ई–ंआर्थिक, काठमाडौं । कुमारी बैंकबाट अनुजमणि तिमल्सिना र महेश तिमल्सिना बाहिरिएका छन् । यसअघि कामुको जिम्मेवारी पाएका तिमल्सिना वाहिरिएपछि पछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राचन्द्र खनालले पाएका छन् ।

खनाल यस अघि बैंकको प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारीमा रहेका थिए । सोमबार बसेको संचालक समितिको बैंठकले कामू सीइओको जिम्मेवारी दिएको बैंकले जानकारी दिएको छ ।

बैंकमा कामू प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ महेश तिमिल्सिना स्वेच्छिक अवकास लिएर बाहिरिएका हुन् । उनीहरुले भीआरएस अन्तरगत १ बर्षभन्दा बढीको तलव लिएर बाहिरिएका समाचार स्रोतले उल्लेख गरेको छ । बैंकका तत्कालिन सीईओ सुरेन्द्र भण्डारीको गत असारमा कार्यकाल सकिएसँगै सीईओ पद खाली हुँदै आएको छ ।

पूर्णकालिन सीईओ नियुक्तीको विषयमा बैंक सञ्चालक समिति अझै टुंगोमा पुगिनसकेको बैंक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij