ई–आर्थिक, काठमाडौं । नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाडौं बालाजुको लोलङ हाईतमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।
माघ २३ देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन बालाजु ईलेक्ट्रिक ट्रडर्सले गर्नेछ ।
सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापा को उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समय देखि डिश मिडिया नेटवर्कसंग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको बालाजु ईलेक्ट्रिक ट्रदेर्सले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ ।
१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको बालाजु ईलेक्त्रिक ट्रदेर्सले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने बालाजु ईलेक्ट्रिक ट्रडर्सका सञ्चालक मानव श्रेष्ठले जानकारी दिनुभयो ।