ई–आर्थिक, काठमाडौं । दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको हो । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ रहेको थियो ।
दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरेसँगै १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपियाँले दुधको मूल्य वृद्धि भएको छ । यसअघि चितवनका दुग्ध सहकारीले मूल्य बृद्धिको माग गरेको थिए । उनीहरुले गरेको मूल्य बृद्धिको माग तत्कालै पुरा भएको छ ।