ई–आर्थिक, काठमाडौं । डिश होमले आफ्ना डिलरदाईहरूलाई क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ ।
गण्डकी अञ्चलमा डिश होम, फाइबर नेटको बिक्री र बिक्री पछि ग्राहकलाई उत्कृष्ट सेवा पु¥याउने पोखराका दिप एलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायेर्स, स्याङ्जा जिल्लाका रन्जना फेन्सी, लुद्रमान थापा, गोरखाका सरिना एलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट एलेक्ट्रोनिक्स, जनसेवा एलेक्ट्रोनिक्सलाई उपहार स्वरुप एक–एक थान ल्यापटप, साथै बिक्री पछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाईहरुलाई कम्पनीका यरिया सेल्स मेनेजर प्रदिप सुबेदीले प्रशंशा पत्र सहित सम्मान गर्नु भएको छ ।
उक्त कार्यक्रममा गोर्खा, लम्जुङ्ग, स्याङ्जा, तनहुँ र कास्कीका डिष्ट्रिब्युटर, डिलरदाईहरू र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
डिश होम फाइबरनेटले ग्राहकको आवश्यकताअनुरूप आकर्षक र सहुलियत मुल्यमा विभिन्न प्याकेजहरु ल्याएको छ ।
डिश होम प्रयोग गरिरहनुभएका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुबिधा देखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ । सुफत मूल्यमा इन्टरनेट जडान र जडान पश्चात ग्राहकले इन्टरनेट प्रयोगको उत्कृष्ट अनुभव पाउने कुरा डिश होमको दावी रहेको डिश होमले जनाएको छ ।
डिश होम फाइबरनेट प्रति दैनिक ग्राहकको आकर्षण साथै बिश्वास बढिरहेको कुरा प्रदिप सुबेदीले जानकारी गराउनुभयो ।