२०८३ साउन ९ शनिबार

सेञ्चुरी क्यापिटल मार्केट्सको सीईओमा रमेशकुमार श्रेष्ठ नियुक्त

ई आर्थिक    आइतबार, माघ २ २०७८
4.4K
Shares
सेञ्चुरी क्यापिटल मार्केट्सको सीईओमा रमेशकुमार श्रेष्ठ नियुक्त

ई–आर्थिक, काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्समा आज माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् ।

रमेश कुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएका उहाँले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिएका विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij