ई–आर्थिक, काठमाडौं । एमभी दुगड गु्रपका अध्यक्ष मोतीलाल दुगडकोे ७५औं जन्मोत्सव अवसरमा रक्तदान आयोजना गरिएको छ । देशभर रहेका आफ्ना शाखाबाट ६ सय ६६ युनिट रगत संकलन भएको कम्पनीले जनाएको छ ।
त्यस्तै, सोही अवसरमा सोलुखम्बु र रामेछापमा निःशुल्क आँखा शिविर समेत गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
शिविरमा ९ सय ५० जनाले आँखा जाच गराएका छन् । जसमध्ये ६० जनाको मोतियाबिन्दुको र तीन जनाको आँखामा मासु पलाएकाको सफल शल्यक्रिया गरिएको छ ।