२०८३ साउन ९ शनिबार

पाल्पाका होटल तथा रेष्टुरेण्टका खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी

ई आर्थिक    आइतबार, पौस २५ २०७८
2.7K
Shares
पाल्पाका होटल तथा रेष्टुरेण्टका खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी

ई–आर्थिक, काठमाडौं । पाल्पाका होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित हुन्छ । सिद्धार्थ राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरूमा खाना पकाउन प्रयोग हुने तेल गुणस्तरहिन भेटिएकाले अयल टेस्टमिटर प्रयोग गरी गुणस्तर परीक्षण गरिएको थियो । उक्त तेलबाट पकाइएका खाद्यबस्तु स्वास्थ्यका लागि हानिकार रहेको जनाइएको छ ।

तानसेन नगरपालिको गौणे पुलदेखि प्रभाषसम्म २४ होटल तथा रेष्टुरेण्टमा खाने तेलको परीक्षण गरेको थियो । अनुगमन गर्दा तीन होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि रहेको भेटिएको थियो, जस्लाई नेपाल सरकारले मान्यता दिएको छैन ।त्यस्ता वस्तुलाई जफत गरी स्थानीय प्रशासनले नियन्त्रणमा लिनाका साथै खान योग्य तेल प्रयोग गर्न सचेत गराएको थियो । टोटल पोलार मटेरियल बढी रहेका करिब छ लिटर तेल संयुक्त अनुगमन टोलीले नष्ट गरेकोे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो ।

यसैगरी तारेका खानेकुरा पत्रिकामा राख्दा अक्षरहरु लागि प्रयोग गरिएको मसीको रसायनले खाद्य वस्तुलाई असर गर्ने भएकाले त्यस्ता बस्तुको सेवनले पनि मानव स्वास्थ्यलाई हानिकार हुने प्रमुख श्रेष्ठले बताउनुभयो । जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधि सरोज शाक्यले व्यवसायीलाई गुणस्तरीय बस्तु प्रयोग गरी किनबेच गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij