२०८३ साउन ११ सोमबार

वन अधिकृतले करिब सात करोड भ्रष्टाचार अख्तियारको ठहर

ई आर्थिक    बिहिबार, पौस २२ २०७८
3.2K
Shares
वन अधिकृतले करिब सात करोड भ्रष्टाचार अख्तियारको ठहर

ई–आर्थिक, काठमाडौं । सुदूरपश्चिम वन निर्देशनालयका सहायन वन अधिकृतले करिब सात करोड रुपैयाँ भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । सोही आरोपमा अख्तियारले ती बन अधिकृत विरुद्ध आरोप पत्र समेत दायर गरेको छ ।

सुदूरपश्चिम वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेम राज विष्टले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा छ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार विष्टले सार्वजनिक सेवाको पदमा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचार गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति गरी श्रीमती रुबी जिसी विष्टको नाममा घरजग्गा तथा बैंक खातामा राखेको भेटिएको जानकारी दिनुभयो ।

विष्टले सामुदायिक वन उपभोक्ता समूहका सदस्य र पदाधिकारीको किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहको सदस्य बनाई रुख कटान गरेको भन्दै सार्वजनिक लेखा समितिको उपसमितिले छानबिन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो ।

त्यसपछि अख्तियारले छानबिन गर्दा २०५५ वैशाख २७ मा सरकारी सेवा प्रवेश गरेदेखि २०७७ कात्तिक १७ गतेसम्म विष्टको वैद्य आय १७ करोड ३७ लाख १२ हजार ६२९ रुपैयाँ ३८ पैसा हुनेमा लगानी र खर्च २४ करोड २४ लाख ६९ हजार ७०९ रुपियाँ ९८ पैसा देखिएको थियो ।

विष्टविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार २ वर्ष कैद र भ्रष्टाचार गरेको जति रकम ६ करोड ८७ लाख ५७ हजार ८० रुपियाँ ६० पैसा विगो माग गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij