२०८३ साउन ९ शनिबार

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य

ई आर्थिक    बुधबार, पौस २१ २०७८
2.8K
Shares
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य

ई–आर्थिक, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त हुनुभएको छ ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०७८/९/१८ को पत्रानुसार कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्यलाई मन्त्रालयको (सचिवस्तरको) निर्णयानुसार निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।

उहाँले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनु भएको थियो भने आज (२०७८ पुस १९ गते)देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

नेपाल सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमहरु, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशनहरु तथा नियामक निकायलगायत अन्य सरोकारवालाको तर्फबाट प्राप्त हुने सल्लाह, सुझाव, गुनासाहरु छिटो÷छरितो तथा उचित रुपले सम्बोधन गर्ने कार्यमा सबै निर्देशनालय, विभाग, कार्यालयमा कार्यरत कर्मचारी मित्रहरु तथा कम्पनीमा क्रियाशील ट्रेड युनियनका मित्रहरुबाट विगतमा जस्तै सहयोग प्राप्त हुने अपेक्षा गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशकले कम्पनीको उत्तरोत्तर प्रगतितर्फ एकजुट भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेपाल टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij