२०८३ साउन ९ शनिबार

बैंक अफ काठमाण्डू लिमिटेडको ग्राहक महानुभावलाई बीमा दाबी रकम भुक्तानी

ई आर्थिक    बिहिबार, मंसिर १६ २०७८
3.4K
Shares
बैंक अफ काठमाण्डू लिमिटेडको ग्राहक महानुभावलाई बीमा दाबी रकम भुक्तानी

ई–आर्थिक, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहनुभएका गोपाल खत्रीज्यूलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत रु. पाँच लाखको बीमा दाबी रकम हस्तान्तरण गरेकोे छ ।

उक्त खातावाहक खत्रीको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनि सिद्धार्थ इन्सुरेन्स कम्पनि लिमिटेडसँग समन्वय गरी रकम हस्तान्तरण गरेको हो ।

बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक गोपाल खत्रीलाई हस्तान्तरण गर्नुभयो ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij