२०८३ साउन ९ शनिबार

नेपाली काँग्रेस सिराहामा संस्थापन पक्षको वर्चश्व, संस्थापन पक्षकी नेतृ मन्जु खाँण निकट सभापतिमा सर्वसम्मत

ई आर्थिक    शनिबार, मंसिर ११ २०७८
11.7K
Shares
नेपाली काँग्रेस सिराहामा संस्थापन पक्षको वर्चश्व, संस्थापन पक्षकी नेतृ मन्जु खाँण निकट सभापतिमा सर्वसम्मत

ई–आर्थिक, सिराहा । नेपाली काँग्रेस सिराहामा संस्थापन पक्षको वर्चश्व देखिएको छ । पार्टीको १४औं महाधिवेशनमा यस्तो परिणाम देखिएको हो । जिल्लामा अधिकांश पालिकामा संस्थापन पक्षका उम्मेद्वार सर्वसम्मत भएको पार्टीले जानकारी दिएको छ ।

पार्टीका अनुसार मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कर्जन्हा नगरपालिकाका मानबहादुर पाण्डे, सिराहा क्षेत्र नं. ४ प्रदेश सभा ‘क’ मा दिपेन्द्र यादव (धनेश्वर) सर्वसम्मतबाट चयन भएका हुन् ।

यी सबै सभापतिहरू संस्थापन पक्षकी नेतृ नेपाल महिला संघकी केन्द्रीय महासचिव मन्जु खाँण निकटका हुन् । महासचिव खाँणको उपस्थितिमै सर्वसम्मतका लागि पहल भएको थियो ।

नगरका निर्वाचनपछि नेतृ खाँण अहिले जिल्लाको पार्टी निर्वाचनमा सक्रिय रहेको बुझिएको छ । पार्टीको यही मंसिर १४ र १५ गते हुने जिल्ला निर्वाचनमा समेत संस्थापन पक्षकै बलियो उपस्थिति रहेको बताइन्छ ।

जिल्ला सभापतिकोमा संस्थापन पक्षकै पार्टीका वर्तमान जिल्ला सभापतिले रामचन्द्र यादवले उम्मेद्वारी घोषणा गरिसकेका छन् । जिल्लाका प्रभावशाली नेता समेत रहेका उनको बलियो उपस्थितिका सामू अन्य उम्मेद्वारले सभापतिमा प्रतिस्पर्धा गर्न खुलेर चाहिरहेका छैनन् । यसरी हेर्दा सभापतिमा पुनः उनकै बलियो संभावना रहेको स्थानीय एक नेताले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij