२०८३ साउन ११ सोमबार

आज सातौँ उद्योग दिवस, उद्योग क्षेत्र विकासको प्रमुख आधारस्तम्भ भएको प्रधानमन्त्री देउवाको भनाई

ई आर्थिक    बिहिबार, मंसिर ९ २०७८
4.1K
Shares
आज सातौँ उद्योग दिवस, उद्योग क्षेत्र विकासको प्रमुख आधारस्तम्भ भएको प्रधानमन्त्री देउवाको भनाई

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँ उद्योग दिवसका अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, श्रमिक एवं उद्योग क्षेत्रसँग आबद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । ‘स्वेदशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदैछ ।

दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले मुलुकको समृद्धिमा उद्योग व्यवसाय क्षेत्रले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा आर्थिक विकासमा यस क्षेत्रको योगदान अभिवृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्न आह्वान गर्नुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले विकासको प्रमुख आधारस्तम्भका रूपमा रहेको उद्योग क्षेत्रको गुणात्मक विकासले मात्र मुलुकको समग्र समुन्नति सम्भव हुने हुँदा उद्यमशीलता प्रवद्र्धन, औद्योगिक उत्पादन वृद्धिका साथै कोभिड–१९ को प्रकोपबाट उद्योग क्षेत्रको पुनरुत्थान गर्नु आजको मुख्य आवश्यकता रहेकामा जोड दिनुभएको छ ।

उहाँले मुलुकको कूल गार्हस्थ्य उत्पादनको करिब १२.८ प्रतिशत र उत्पादनमूलक उद्योगको पाँच दशमलव ०८ प्रतिशत योगदान रहेको उद्योग व्यवसाय क्षेत्रबाट मुलुकको औद्योगिक उत्पादन, रोजगारी सिर्जना र आर्थिक विकासमा थप योगदान पुग्ने अपेक्षा गरेको उल्लेख गर्नुभएको छ ।

तीव्र औद्योगिक विकासका माध्यमबाट रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी समृद्ध मुलुकको आधार तयार गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ । प्रधानमन्त्री देउवाले तीनै तहका सरकार र निजी क्षेत्रको समन्वयबाट उद्योग क्षेत्रको विकास र विस्तार हुन सक्दछ भन्ने कुरामा सरकार विश्वस्त रहेको उल्लेख गर्नुभएको छ ।

“सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा दिगो एवं बृहत् आधारसहितको औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउने दायित्व हामीमाझ रहेको छ । यसका लागि दुई ठूला निकटतम छिमेकी मुलुकको तीव्र आर्थिक वृद्धि र विस्तारले सिर्जना गरेको अवसर, विद्युतीय ऊर्जाको उपलब्धता, लगानीमैत्री कानून एवं पूर्वाधार, गैरआवासीय नेपाली र विदेशी लगानीकर्ताको लगानी प्रतिबद्धता वृद्धि जस्ता अवसरलाई प्रभावकारी तवरले उपयोग गरी नेपालको औद्योगिक विकासलाई तीव्रता दिनु आवश्यक छ”, शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधामन्त्री देउवाले स्वदेशी उद्यम र उत्पादन अभिवृद्धि गर्दै उद्योग व्यवसाय क्षेत्रको पुनरुत्थानमा सरकारी, निजी, सहकारी क्षेत्र, अन्तर्राष्ट्रिय लगानीकर्ता एवं आम जनसमुदायको महत्वपूर्ण योगदानको अपेक्षा र आह्वानसहित सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij