२०८३ साउन १२ मंगलबार

भायानेटको बडा दशैंमा बडा स्पीड, बडा टिभी अफर सार्वजानिक, ३२ वा ५५ इन्चको एमआई एमआई एन्ड्रोइड टिभीहरुमा २२ प्रतिशतसम्म छुट

ई आर्थिक    शुक्रबार, असोज १५ २०७८
3.2K
Shares
भायानेटको बडा दशैंमा बडा स्पीड, बडा टिभी अफर सार्वजानिक, ३२ वा ५५ इन्चको एमआई एमआई एन्ड्रोइड टिभीहरुमा २२ प्रतिशतसम्म छुट

ई–आर्थिक, काठमाडौं । भायानेटको बडा दशैंमा बडा स्पीड, बडा टिभी अफर सार्वजानिक गरेको छ । बडा दशैंमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टीभीमा भारी छुट दिने भएको हो ।

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्नुहुने बताइएको छ ।

यसका साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२ प्रतिशतसम्म छुट पाउन कम्पनीले जानकारी दिएको छ ।

चाडपर्वको अवसरमा घरको लागि प्रायः नयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर भायानेटले यो अफर अहिले ल्याएको जनाएको छ ।

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक हो । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडि रहेको पनि कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij