ई–आर्थिक, काठमाडौं । नेपालको नं. १ रेमिटान्स कम्पनी आइएमईले ‘डबलको डबलको डबल अफर’ अन्तर्गत विजेता सार्वजानिक गरिएको छ । उक्त योजना अन्तर्गत पहिलो साताको विजेतामा केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन् ।
उक्त अफरमा ‘लक्की ड्र’मार्फत सेवाग्राहीद्वय विजेता घोषित भएका थिए ।
पानीपोखरी, काठमाडौंस्थित आइएमईको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित फेसबुक लाइभमार्फत सो नजिता सार्वजनिक गरिएको थियो ।
उनीहरूले युएई र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५ सय ७ र ४८ हजार २० रूपैयाँ आफन्तलाई पठाएका थिए । आइएमईले उनीहरूका आफन्तलाई क्रमशः ८३ हजार १४ र ९६ हजार ४० रूपैयाँ उपहारस्वरूप प्रदान गर्नेछ ।