२०८३ साउन १५ शुक्रबार

राजसती महिला बहुउद्देश्यीय सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    शुक्रबार, असोज १ २०७८
5.4K
Shares
राजसती महिला बहुउद्देश्यीय सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

‘आर्थिक समृद्धि गर्न आयआर्जनमा लगानी आवश्यक’

ई–आर्थिक, काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सहकारीले समाजमा समृद्धि कायम गर्न आयआर्जनमा लगानी गर्नुपर्ने बताउनुभएको छ ।

राजसती महिला बहुउद्देश्यीय सहकारी संस्था बुढीगङ्गा–१ टङ्कीसिनवारी मोरङको २१औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले सहकारी भनेको सहकार्य, सहयात्रा, साझा स्वामित्व भएकोले एक आपसमा विश्वासिलो वातावरण कायम गरी घर, टोल, समाज राष्ट्रलाई समृद्ध बनाउने अभियानमा जुट्न आग्रह गर्नुभयो ।

संस्थाकी अध्यक्ष तारादेवी राई, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, राष्ट्रिय सहकारी बैङ्कका पूर्वअध्यक्ष रमेशप्रसाद पोखरेल, जिल्ला सहकारी सङ्घ मोरङका अध्यक्ष डिल्ली पोखरेललगायतले सफल सहकारी सञ्चालनमा महिलाको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले सहकारीका ७५ वर्ष उमेरका ज्येष्ठ नागरिक ६९, ज्येष्ठ महिला सहकारी सदस्य आठ र एकल महिला शेयर सदस्य १२ गरी ८९ जनालाई सम्मान गर्नुभयो । विसं २०५७ मा ९५ सदस्यबाट रु २० सङ्कलन गरी थालिएको सो सहकारीमा अहिले समावेशीको आधारमा ९०२ जना शेयर सदस्य रहेका छन् । शेयर सदस्यमध्ये महिला ९०० रहेका छन् । संस्थाले चालु आर्थिक वर्षको अहिलेसम्म रु १० करोड ५३ लाख ३९ हजार ४२७ बचत सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij