२०८३ साउन १० आइतबार

सिटिजन्स बैंकका ग्राहकहरुले ग्रोडेलीमा विशेष छुट प्राप्त गर्ने

ई आर्थिक    आइतबार, भाद्र २७ २०७८
3K
Shares
सिटिजन्स बैंकका ग्राहकहरुले ग्रोडेलीमा विशेष छुट प्राप्त गर्ने

ई–आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्रोडेली बीच सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले ग्रोडेलीमार्फत अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।

हालसम्म सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङ्गमा दर्ता नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्गमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्ड को लागी आवेदन र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं. बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij