२०८३ साउन ९ शनिबार

राउण्ड टेबल नेपालको वार्षिक साधारण सभा सम्पन्न, आनन्द बाहेतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

ई आर्थिक    मंगलबार, भाद्र १ २०७८
6.7K
Shares
राउण्ड टेबल नेपालको वार्षिक साधारण सभा सम्पन्न, आनन्द बाहेतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

ई–आर्थिक, काठमाडौं । गैरनाफामूलक संस्था राउण्ड टेबल नेपाल, नेपालको बार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा बसेको राउण्ड टेबल नेपालको वार्षिक साधारण सभामा केहि नयाँ सदस्यहरु थपिएका छन् भने केहि सदस्यहरुको कार्यकाल समाप्त भएको जानकारी दिइएको छ ।

राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन् । ४० वर्ष उमेरपछि अनिवार्य अवकाश लिनुपर्ने नियम रहेको यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।

आफ्नो नयाँ कार्यकाल समाल्ने नयाँ सदस्यहरुमा आन्नद बाहेती ९अध्यक्ष०, राहुल अग्रवाल ९उपाध्यक्ष०, गोविन्द घिरइया ९सचिव०, सुसान्त चाचान् ९कोषाध्यक्ष०, विमल बेद ९सम्पादक० र शौरभ केडिया (पीपी/आईआरओ) रहेका छन् ।

१८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना “फ्रिडम थ्रू एजुकेसन” सञ्चालन गरिरहेको जनाएको छ । संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।

राउण्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ । शिक्षा क्षेत्रसंगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ ।

खोलिएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चार देखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने ह्यालेसिनिया नामक रोगका बिरामीहरुलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ ।त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइन अन्र्तगत विरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बरावरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो ।

यो संस्थाले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij