ई–आर्थिक, काठमाडौं । विश्वव्यापी रुपमा प्रतिष्ठित टू व्हीलर र थ्री–व्हीलर निर्माता टिभिएस मोटर कम्पनीको टिभिएस एनटर्क १२५ को नेपाली बजारमा ५०,००० युनिटको विक्रीको माइलस्टोन पार गरेको छ ।
यसको स्पोर्टी, ब्लुटुथ जडान गरिएको स्कुटरले नेपाली बजारमा ५०,००० युनिटको बिक्रीको माइलस्टोेन पार गरेको कम्पनीले जनाएको छ । स्कुटरले यो बिक्रीको अंक आफ्नो सुरुवातको तीन वर्ष भित्रमा हासिल गरेको कम्पनीको भनाई छ ।
सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । त्यहाँदेखि यसले सधैँ आफ्नो स्थान सुनिश्चित राखेको छ । धेरै वर्षमा ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीको दाबी छ ।
कार्यक्रममा बोल्दै इन्टरनेशनल बिजिनेश टिभिएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलिपले भन्नुभयो , “हाम्रो स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले नेपाली बजारमा ५०,००० विक्रीको लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुसी छौँ । हामी नेपालका हाम्रा ग्राहकहरु प्रति हार्दिक आभारी छौं ।
सुधारिएको पूर्वाधार, बहुउपयोगी सवारी साधनहरुको आवश्यकता र सुरक्षित व्यक्तिगत गतिशीलताको लागी बढ्दो मागको कारण स्कुटर नेपालमा एक लोकप्रिय छनोट बन्न सफल भएको छ । टिभिएस एनटर्ककोे आकर्षक एपियरेन्स, कनेक्टेड टेक्नोलोजी र उत्कृष्ट प्रदर्शनले गर्दा बजारमा यसको सफलताको एक पहिचान भएको हो । यो उपलब्धिलाई नवीनतामा बेन्चमार्क सेट गरेर र ग्राहकहरुका लागि आकांक्षा सिर्जना गरेर टिभिएस एनटर्क ब्रान्डलाई फस्टाउने हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो ।”
शहिल अग्रवाल, जएमपीएलका प्रबन्ध निर्देशक शहिल अग्रवालले भन्नुभयो,“नेपालका ग्राहकहरु, प्रिमियम गतिशीलता समाधानमा विश्वास राख्दछन् जुन बलियो गुणस्तरको हुन्छ र जो देशको विभिन्न भूभागको लागी उपयुक्त हुन्छ । यी आवश्यकताहरुलाई पूरा गरेर, टिभिएस एनटर्क १२५ छिटै राष्ट्रले नै मन पराएकोे स्कुटरको रुपमा स्थापित हुन सफल भएको छ। हामी टिभिएस एनटर्क १२५का ग्राहकहरुको लागी एक किसिमको छुट्टै अनुभव बनाउनको लागि टिभिएस मोटर कम्पनीलाई समर्थन जारी राख्ने छौं ।’
टिभिएस एनटर्क १२५ ले रेसिंग पेडिग्री द्वारा समर्थित उत्कृष्ट प्रदशृनको प्रस्तुत गर्दछ। यस स्कुटरले एक्स्क्ल्युसिभ टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्दछ। टिभियस स्मार्ट कनेक्टफुल्ली डिजिटल स्पीडोमिटरमा फस्ट–इन–सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ जसले नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर,फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरुलाई समेटेको छ ।
टिभिएस एनटर्क १२५पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन (बीएसभीआई–एफआई) र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ । रेस एडिसन ( बीएसभीआई–एफआइ सहित) रेड–ब्ल्याक र यल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु, इन्भिन्सिबल रेड र स्तिल्थ ब्ल्याक रंगमा उपलब्ध भएको कम्पनीले उल्लेख गरेको छ ।