ई–आर्थिक, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रु. १,०००/– अंकित दरको २०,००,००० कित्ताले हुन आउने रु.२००,००,००,०००/–(अक्षेरुपी दुई अर्ब) रकम बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०८६’ ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र विक्री गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको र ब्याजदर वार्षिक ८.५ प्रतिशत हुने बताइएको छ ।
काठमाण्डौें, लाजिम्पाट स्थित रजिष्टर्ड कार्यालय रहेको एभरेष्ट बैंक लिमिटेड प्रचलित कम्पनी कानून बमोजिम मिति २०४९/०८/०१ मा नेपाल सरकार, वाणिज्य विभागमा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको कम्पनी हो । साथै, मिति २०५१/०६/११ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी कम्पनीले मिति २०५१/०७/०१ गतेदेखि आफ्नो वित्तीय कारोवार सञ्चालन गर्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराउँदै आइरहेको छ । हाल यस बैंकले आफ्नो १०३ वटा शाखा कार्यालयहरु र ३ वटा एक्सटेन्शन काउन्टर मार्फत आफ्नो सेवा प्रदान गरिरहेको विज्ञप्तीमा उल्लेख छ ।
उक्त सम्झौतामा एभरेस्ट बैंक लिमिटेडको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धकसचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।