२०८३ साउन २१ बिहिबार

सिभिल बैंकको ३ अर्वकोे “९% सिभिल बैंक ऋणपत्र २०८८” निश्कासन हुँदै

ई आर्थिक    सोमबार, साउन ४ २०७८
4.3K
Shares
सिभिल बैंकको ३ अर्वकोे “९% सिभिल बैंक ऋणपत्र २०८८” निश्कासन हुँदै

ई–आर्थिक, काठमाडौं । सिभिल बैंकले सार्वजानिक निष्काशन गर्न लागेको रु. १,००० अंकित दरको ३०,००,००० (तीस लाख) कित्ता “९% सिभिल बैंक ऋणपत्र २०८८” को प्रत्याभूती गर्न एक संझौता सम्पन्न भएको छ ।

उक्त ऋणपत्र निष्काशन गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष लगायत ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्र्छे कृती क्यापिटलले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम प्रत्याभूती सम्झौतापत्रमा सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानीकोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्र्छे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् । प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्व, ग्लोबल आइएमई क्यापिटलले रु ३० करोड, प्रभु क्यापीटल लि.ले रु ३५ करोड र माछापुच्छ«े कृति क्यापिटलले रु ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij