ई–आर्थिक, काठमाडौं । कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो सातापछि लिने मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बैशाखमा हुने उक्त परीक्षा साउन तेस्रो सातापछि लिने गरी मिति तय गरेको हो । वैशाखमा सम्पन्न हुनुपर्ने परीक्षा कोभिड–१९ महामारी दोस्रो लहर फैलिएपछि गरिएको निषेधाज्ञाका कारण चार महिना पछाडि सरेको हो ।
परीक्षा बोर्डले परीक्षा सञ्चालन सहमतिका निम्ति प्रस्ताव मन्त्रालयमा पठाइसकेको जानकारी दिएको छ । बोर्डको उक्त प्रस्तावको सहमति भने मन्त्रालयबाट आइनसकेको बताइएको छ । साउनको तेस्रो सातापछि परीक्षा सञ्चालन हुने अवस्थाबाट विद्यार्थी ढुक्क भएर तयारी गर्न समेत भनेको छ ।
परीक्षाको मोडलबारे भने मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिने बोर्डले जानकारी दिएको छ । गत वर्ष आन्तरिक मूल्यांकन र लिखित गरी दुई प्रक्रियाबाट कक्षा १२ को परीक्षा लिइएको थियो ।
यसपटक पनि कोभिडको दोस्रो लहर सुरु भएपछि शैक्षिक क्षेत्रसँगै विद्यार्थीहरु परीक्षाको विषयमा अन्यौलमा परेका थिए ।