२०८३ साउन १२ मंगलबार

लोमस फर्मास्युटिकलले रुसबाट खोप ल्याउँदै, सम्पूर्ण प्रक्रिया पूरा भएको खोप केही दिनमै नेपाल आइपुग्ने

ई आर्थिक    बिहिबार, असार १७ २०७८
13.9K
Shares
लोमस फर्मास्युटिकलले रुसबाट खोप ल्याउँदै, सम्पूर्ण प्रक्रिया पूरा भएको खोप केही दिनमै नेपाल आइपुग्ने

कोरोना विरुद्धको खोप ल्याउन निजीक्षेत्रको पहिलो प्रयास

ई-आर्थिक, काठमाडौं । निजी क्षेत्रले रुसबाट कोरोना विरुद्धको खोप नेपाल ल्याउने अन्तिम तयारी गरेको छ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी कम्पनी लोमस फर्मास्युटिकल प्रालिले उक्त खोप ल्याउन लागेको हो ।

ल्याउन लागिएको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ ।

रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन लागिएको हो । त्यसका लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको र अब चाँडै नै खोप आइपुग्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।

नाम उल्लेख नगरौं भन्दै ती कम्पनी स्रोतले भन्यो सबै प्रक्रिया पूरा भई सक्यो अब हामी चाँडै नेपालमा खोप आइपुग्छ । कम्पनीले यस बारेमा केही दिनमा जानकारी दिने जानकारी दिएको छ ।
उक्त खोप नेपाल आइपुग्ने बित्तिकै खोप वितरण हुने पनि सो स्रोतले जानकारी दिएको छ ।

लोमस फर्मासुटिकल कम्पनीलाई खोप ल्याउने अनुमति दिइएको औषधि व्यवस्था विभागले पुष्टि गरेको छ । साथै सो कम्पनीले खोप ल्याउन प्रयास गरी राखेको समेत कम्पनीले जानकारी दिएको छ । निजी क्षेत्रले ल्याउने खोपको मूल्य, विक्री वितरण र खरिदलगायतका सबै कुराहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको निर्देशिका अनुसार हुने विभागले प्रष्ट पारेको छ ।

मन्त्रालयले सूचीकृत गरेका अस्पतालहरूबाट मात्र सो खोप किनबेच गर्ने व्यवस्था मिलाइने विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij