२०८३ साउन १३ बुधबार

आइएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्काशन गर्ने, केयरएनपी ट्रिपल बी रेटिङ प्राप्त

ई आर्थिक    बिहिबार, असार १० २०७८
4.9K
Shares
आइएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्काशन गर्ने, केयरएनपी ट्रिपल बी रेटिङ प्राप्त

ई–आर्थिक, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ ।

उक्त सेयर निष्काशन गर्न कम्पनीलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।

रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ । कम्पनीले १२० वटा शाखा कार्यलयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ । साथै कम्पनीमा १८ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ रहेका छन् ।

कम्पनीले नविनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेवसाइट र मोबाइल एपमा राखिएको च्याटबटमार्फत बिमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक सेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्राथमिक सेयर निष्काशन पछि संस्थापक सेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्षअगाडि जीवन बिमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमइ बैंक, आईएमई ग्रुप लगायत ठूला प्रतिष्ठित व्यावसायिक समूहको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij