२०८३ साउन १४ बिहिबार

उपत्यकाको निषेधाज्ञ केही खुकुलो बनाएर एक हप्ता थपियो, के खुल्छ के खुल्दैन (निषेधाज्ञा आदेशको प्रतिसहित)

ई आर्थिक    आइतबार, जेष्ठ ३० २०७८
4.3K
Shares
उपत्यकाको निषेधाज्ञ केही खुकुलो बनाएर एक हप्ता थपियो, के खुल्छ के खुल्दैन (निषेधाज्ञा आदेशको प्रतिसहित)

ई–आर्थिक, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साता लम्बिने भएको छ । आज आइतबार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको अवधि थप एक साता लम्ब्याउने निर्णय गरेको हो ।

वैशाख १६ गतेदेखि पटक–पटक गरि लागु गरिएको निषेधाज्ञाको अवधि सोमबार रातिबाट सकिन लागेको बेला निषेधाज्ञा सम्बन्धि छलफल गर्न उपत्यकामा तीनै जिल्लाका प्रजिअहरुको बैठक बसेको थियो ।

नेपालकै कोरोना भाइरसको संक्रमण दर र मृत्यु कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको हो ।

अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गरिने भएको छ । त्यसैगरी पुस्तक पसल लगायतका केही क्षेत्रहरुलाई बिहान ११ बजेसम्म खुल्न दिइने भएको छ ।

के–के खुल्छन, के–के खुल्दैन ? निषेधाज्ञा आदेशको प्रतिसहित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij