२०८३ साउन १६ शनिबार

नेष्डो समृद्ध लघुवित्तले साधारण सेयर निष्काशन गर्ने तयारी गर्दैै

ई आर्थिक    शुक्रबार, जेष्ठ २८ २०७८
13.3K
Shares
नेष्डो समृद्ध लघुवित्तले साधारण सेयर निष्काशन गर्ने तयारी गर्दैै

ई–आर्थिक, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशनका प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

७ करोड ३७ लाख रुपैयाँको निष्काशनको तयारी उक्त लघुवित्तले सेयर निष्काशनको लागि इन्स्युअर रेटिङ समेत गरेको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार नेष्डोले मध्यम किसिमको सुरक्षाको संकेत प्रदान गर्ने ‘इक्राएनपि आइआर डबल वि प्लस’ प्राप्त गरेको छ । यसले संस्थाको प्राथमिक शेयरमा लगानी गर्दा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ ।

हाल संस्थाको चुक्ता पूँजी २४ करोड ५८ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि संस्थाको पूँजी २४ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

संस्थाले गत पुस ९ गते सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभाबाट संस्थापक समुहको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । संस्थाले ७ करोड रुपैयाँको पूँजीबाट बढाएर १७ करोड २१ लाख रुपैयाँ पुर्याएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार मुनाफा मात्रै १९ करोड ५० लाख रुपैयाँ छ ।

संस्थाको राष्ट्रिय शैक्षिक तथा सामाजिक संस्था, नेष्डो नेपालको सबैभन्दा बढी सेयर रहेको छ । नेष्डोको ६८.५७ प्रतिशत, प्रभु बैंकको ७.१४ प्रतिशत, विश्व प्रकाश प्रसाई ठकुरीको २.१४ प्रतिशत शेयर हिस्सा रहेको छ । पर्वतको कुस्मामा प्रधान कार्यालय रहेको नेष्डोको १७ वटा जिल्लामा ५६ वटा शाखा कार्यालय रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij