२०८३ साउन १२ मंगलबार

जसपा विवादले प्रदेश नं. २ को सरकारमा असर, राउत नेतृत्वको प्रदेश सरकार ढाल्न सो पार्टीबाटै प्रयास शुरु

ई आर्थिक    शुक्रबार, जेष्ठ २१ २०७८
4.3K
Shares
जसपा विवादले प्रदेश नं. २ को सरकारमा असर, राउत नेतृत्वको प्रदेश सरकार ढाल्न सो पार्टीबाटै प्रयास शुरु

ई–आर्थिक, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको केन्द्रस्तरको विवादको असर प्रदेश नं. २ को सरकारमा पनि पर्ने देखिएको छ । जसपाका मुख्यमन्त्री लालबाबर राउत नेतृत्वको प्रदेश सरकार ढाल्न सो पार्टीबाटै प्रयास शुरु भएको छ । राउत मुख्यमन्त्री र संसदीय दलको नेताबाट हटाएर मनिष सुमनलाई बनाउन अध्यक्ष ठाकुरले निर्देशन दिइसक्नुभएको जनाइएको छ । सुमनलाई नेकपा (एमाले) को समर्थन रहने स्थिति छ । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाल पनि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बन्ने कोशिशमा भिड्नुभएको छ ।

प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेकामा एक वर्ष अघि पार्टी एकीकरणपछि जसपा बनेको थियो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकार्कालाई कारबाही गरेपछि निर्वाचन आयोगमा पुगेको विवादको टुङ्गो नलाग्दासम्म कानूनी रुपमा पार्टी एक भएपनि व्यवहारिक रुपमा विभाजित भइसकेको छ ।

जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री एवं सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग तथा अर्का अध्यक्ष यादव प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गठबन्धनमा हुनुहुन्छ ।

काँग्रेसका प्रदेश संसदीय दलका नेता रामसरोज यादवले नयाँ गठबन्धनका विषयमा छलफल भइरहेको र केन्द्रबाट आउने निर्देशनका आधारमा अघि बढ्ने बताउनुभयो ।

कूल १०७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका तीन जना कारबाहीपछि अहिले १०४ सांसद छन् । तत्कालीन सङ्घीय समाजवादी पार्टीका ३०, तत्कालीन राजपाका २५, एमालेका २१, काँग्रेसका १९, माओवादी केन्द्रका ८ र नेपाल सङ्घीय समाजवादी पार्टीका १ सांसद छन् । सरकार बनाउन ५३ सांसद आवश्यक पर्छ ।

बजेट पारित गराउने तयारी

आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले मुख्यमन्त्री राउतले महन्थ पक्षका मन्त्रीलाई तत्काल नहटाउने हुनुभएको छ ।

पूर्व राजपाका प्रमुख सचेतक परमेश्वर साहले यही जेठ २७ गते प्रदेश सरकारले नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने कार्यक्रम रहेको बताउँदै भन्नुभयोे, ‘‘नीति कार्यक्रम र बजेट पारित गराउन हाम्रो भूमिका के हुने अहिल्यै भन्न सकिदैन ।’’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij