२०८३ साउन ९ शनिबार

विदेशी हष्तक्षेप : खतरा आंकलन गर्न ढिलो भइसक्यो

ई आर्थिक    सोमबार, जेष्ठ १० २०७८
6.4K
Shares
विदेशी हष्तक्षेप : खतरा आंकलन गर्न ढिलो भइसक्यो

रविन्द्र मिश्र

बीबीसीका चर्चित विदेश मामिला संवाददाता हम्फ्री हक्सलेको Democracy Kills पुस्तक लोकतन्त्र विरोधी ‘प्रतिगामी’ बमन होइन। तर ‘पश्चिमा शैलीको लादिएको लोकतन्त्र’का घातक खतराहरुको सुक्ष्म विश्लेषण हो।

नेपालबारेको शास्त्रीय महत्वको सन् १९७१ मा प्रकाशित पुस्तक Nepal: Stragegy for Survival मा लियो रोजले लेखेका थिए: “नेपालको शक्ति संघर्षका निर्णायक युद्ध नेपालका डाँडाकाँडामा होइन, दिल्लीका बैठकहरूमा भएका छन्।”

उनले त्यो लेखेको ५० वर्ष नाघ्यो तर स्थितिमा पटक्कै अन्तर आएको छैन। गएका कयौँ दशकमा अवस्था झन, झन नाजूक भएर गएको छ। कतिसम्म भने विदेशी दूतहरूले बहालवाला/भूतपूर्व प्रधानमन्त्रीहरूलाई चप्पल लगाएर भेट्नेदेखि, होटेलमा लाइन लगाएर पर्खाउनेदेखि, मध्यरातमा प्रधानमन्त्रीकै कार्यालयमा थर्काउनेसम्मको स्थिति देखापर्यो।

आज, आम नागरिक पीडामा छटपटिरहँदा देशको राजनीतिक युद्ध फेरि पनि विदेशी भूमीमा लडिँदै गरेको र हाम्रा निर्णायक महत्व राख्ने नेताहरू विदेशीकै गोटी बनेको खबर आइरहेका छन्।

Democracy Kills मा व्यक्त गरिएको एउटा प्रमुख चिन्ता ‘विदेशी हष्तक्षेप’बारे छ। रणनीतिक स्वार्थ पुरा गर्न हुने विदेशी हष्तक्षेपले कसरी कमजोर लोकतन्त्रहरूलाई ध्वस्त या अझ कमजोर बनाइदिएका छन् भन्नेबारे छ।

विश्व राजनीतिको केन्द्र दक्षिण/पूर्व एशिय बन्दै जाँदा नेपालको भूराजनीतिक अवस्थिति विदेशी शक्तिका लागि बढ्दो चासो बन्दै जानु स्वभाविक हो। हाम्रो स्वाभिमानहीन नेतृत्व, भ्रष्टता, अविकास, अशिक्षा, विपन्नताले त्यो हष्तक्षेपलाई मलजल प्रदान गर्छ नै।

तर त्यसलाई सम्मानजनक र कुटनीतिक ढंगबाट सामाना गर्न र शन्तुलनमा राख्न सक्ने संस्था र नेतृत्व हामीलाई चाहिन्छ कि चाहिँदैन? राजनीतिक संकट पर्ने वित्तिकै विदेशी दूतहरू नेताका घरघर र बालुवाटारका कोठाचोटामा प्रवेश गर्ने या निम्त्याइने प्रवृत्तिलाई रोक्ने कि नरोक्ने? कि त्यसबारे टिप्पणीमात्रै गरेर बस्ने?

विदेशी सरकार र दूतहरूसँग सम्पर्क राख्नु हुँदैन, संवाद गर्नु हुँदैन भनेको होइन। तर अब पनि हामीले यो विषयमा संवेदनशील नहुने हो भने, हामी न राजनीतिक स्थिरता न आर्थिक विकास हासिल गर्न सक्छौँ। हामीलाई अन्तत्वगत्वा, लोकतन्त्रले नै मार्छ (Democracy Kills). सचेत बन्न ढिलो भइसक्यो।

समय घड्किएपछि आएको चेतना केवल पश्चतापमा सीमित हुन्छ, त्यसको केही अर्थ हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij