काठमाडौं उपत्यकामा थपिए २४७७
ई–आर्थिक, काठमाडौं । नेपालमा आज पनि ८६०७ जनामा कोरोनाभाइरसका संक्रमित थपिएका छन् । कोरोनाबाट १७७ जनाले ज्यान गुमाएका छन् ।
यसअघि बिहीबार कोरोनाबाट देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाले ज्यान गुमाएका थिए । त्यस्तै ६५४३ जना संक्रमणमुक्त भएका थिए ।
बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । त्यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ ।
काठमाडौं उपत्यकामा थपिए २४७७
यसैबीच काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा २ हजार ४४७ कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा १ हजार ७ सय ५२, भक्तपुरमा २९५ र ललितपुरमा ४०० जना संक्रमित थपिएका हुन् ।