२०८३ साउन ९ शनिबार

माल्दिभ्स नजिकै इन्डियन ओसनमा खस्यो चिनियाँ रकेटको भग्नावशेष

ई आर्थिक    आइतबार, बैशाख २६ २०७८
12.2K
Shares
माल्दिभ्स नजिकै इन्डियन ओसनमा खस्यो चिनियाँ रकेटको भग्नावशेष

ई–आर्थिक, काठमाडौं । चिनियाँ रकेटको भग्नावशेष माल्दिभ्स नजिकै इन्डियन ओसनमा खसेको छ । नेपाली समय अनुसार आइतबार बिहान चिनियाँ रकेटको भग्नावशेष उक्त स्थानमा खसेको हो ।

यसअघि केही विज्ञहरुले रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने बताएका थिए । तर अन्ततः इन्डियन ओसनमा रकेटको भग्नावशेष खसेको हो ।
लङ्ग मार्च–५ बी रकेटको मुख्य भाग खसेको हो । गएको महिना चीनको नयाँ अन्तरिक्ष केन्द्रको स्थापनाका लागि प्रक्षेपण गरिएको रकेटको अंश खसेको हो ।

समाचार संस्था रोयटर्सका अनुसार भग्नावशेषको अधिकांश भाग पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै जलेको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ ।
२१ टन तौलको रकेट भग्नावशेष पृथ्वीको वायुमण्डलमा आएको यो केही दशक यताकै पहिलो घटना भएको जानकारहरुले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij