र्ई–आर्थिक, काठमाडौं । नेपालमा उच्च अहोदामा पुगेका भीआईपीहरु पनि धमाधम कोरोना भाइरस संक्रमणको शिकार हुन थालेका छन् । यसैक्रममा पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल कोरोना संक्रमित भएका छन् । शनिबार उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उपचारको लागि नर्भिक अस्पतालमा भर्ना गरिएको समाचार स्रोतले जनाकारी दिएको छ ।
हाल उनको अवस्था सामान्य रहेको पनि अस्पताल स्रोतले जानकारी दिइएको छ ।
यसअघि पूर्वराजा र रानी ज्ञानेन्द्र र कोमल, उर्जा मन्त्री टोपबहादुर रायमाझी, खानीपानी मन्त्री मणीचन्द्र थापा र एमालेका नेता मोदनाथ पश्रित पनि कोरोना संक्रमित भएका छन् । प्रश्रितका छोरा तथा एमाले केन्द्रीय सदस्य डा. विजय पौडेल पनि कोरोना भाइरस संक्रमित भइसकेका छन् ।