२०८३ भाद्र ३० मंगलबार

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने, नबिलको १०० बराबर युनाईटेडको ३५ स्वाप रेसियो

ई आर्थिक    शनिबार, बैशाख १८ २०७८
10K
Shares
नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने, नबिलको १०० बराबर युनाईटेडको ३५ स्वाप रेसियो

ई–आर्थिक, काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने विषयमा सम्झौता समेत सम्पन्न भएको छ ।

बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई रु ३५ स्वाप रेसियोमा प्राप्ती गर्न लागेको हो ।

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रक्रिया अगाडि बढाइने छ र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्नेछ ।

सोही अनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धि भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । चैत मसान्तसम्मको बित्तिय विवरण अनुसार एटीएमको संख्या भने १९० हुनेछ । निक्षेपको आकार रु २१६ अर्ब हुनेछ । त्यस्तै कर्जाको आकार रु २०१ अर्ब हुने बैंकले जानकारी दिएको छ । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार २ खर्ब माथि हुनेछ । नबिल बैंकले मर्जर तथा प्राप्ती प्रकृयामा जान पहिलो पटक यस बर्षको साधारण सभाबाट पारित गरेको थियो ।

सोही बर्षनै प्राप्ती सम्झौताको घोषणा पनि गरेको छ । यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनीति अनुसार बजारमा उपस्थित हुने बैंकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij