२०८३ साउन १४ बिहिबार

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न एकै दिन बोलाए विशेष साधारण सभा

ई आर्थिक    शुक्रबार, जेष्ठ २१ २०७८
10.4K
Shares
नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न एकै दिन बोलाए विशेष साधारण सभा

ई–आर्थिक, काठमाडौं । नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने प्रस्तावमा निर्णय गर्न दुबैले एकैदिन विशेष साधारणसभा बोलाएका छन् । सो बैंक र फाइनान्सले एकैदिन अर्थात असार ५ गते विशेष सभा बोलाएका छन् । उक्त विशेष साधारण सभा दुवै कम्पनीको आ–आफ्नो केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि शुरु हुने भएको छ ।

विशेष साधारण सभाले युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को शेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा यसअघि दुबै कम्पनीबीच संझौता सम्पन्न भइसकेको छ ।
युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ ।

सभामा प्राप्ति प्रयोजनका लागि भएका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ दुवै कम्पनीले जेठ २८ गते एक दिन बुकक्लोज गर्ने भएका छन् । जेठ २८ गते बुक क्लोज गर्ने भएपछि जेठ २७ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij