२०८३ साउन ९ शनिबार

भाग्यशाली रोशन साफिले जिते बजाजको १० लाख

ई आर्थिक    शुक्रबार, बैशाख १७ २०७८
7K
Shares
भाग्यशाली रोशन साफिले जिते बजाजको १० लाख

ई–आर्थिक, काठमाडौं । नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरकले हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि ल्याएको बजाज शून्य अफरबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जितिसकेका छन् । यसैक्रममा माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल, जनकपुरबाट बजाजको पल्सर १५० बाइक खरिद गर्दा ६ वटा शून्य प्राप्त गरी रु. १० लाख जित्न सफल भएका छन् ।

यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नुपनेछ । यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नुहुने कम्पनीले जानकारी दिएको छ । अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि रु. १० हजार निश्चितरुपमा प्राप्त गर्न सक्नेछन् ।

यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुने भएको छ ।

याँ वर्षमा यो अफर ल्याउनको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई शून्य टेन्सन दिएर बजाजको उत्कृष्ट बाइकहरुको सवारीले निश्चिन्त बनाउनु नै भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij