ई–आर्थिक, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेड र महिला लघुवित्त वित्तीय संस्थाको लगानीकर्ता मालामाल भएका छन् । आज बिहीवार उक्त दुई कम्पनीका शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत बृद्धि भएपछि ती कम्पनीका लगानीकर्ता मालामाल भएका हुन ।
आज सिंगटी हाइड्रोको शेयरमूल्य प्रतिकित्ता रू. ३६३ पुगेको छ भने महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार १२५ पुगेको छ ।
यी दुवै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै देखिएका छन् । आपूर्ति भन्दा माग बढी भएकाले पनि यी कम्पनीको शेयर मूल्यमा बृद्धि भएको हो ।
हिजोदेखि मात्रै कारोबारमा आएको सिगंटी हाइड्रोले नेप्सेमा पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १०० देखि ३०० सम्म तोकेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । त्यसैगरी महिला लघुवित्तको शेयर कारोबारमा आएकै दिनदेखि लगातार उच्च दरले वृद्धि भइरहेको छ ।