२०८३ साउन ९ शनिबार

इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेट बीच विप्रेषण संझौता, जापानमा रहेका नेपालीलाई पैसा पठाउन सहज

ई आर्थिक    बुधबार, बैशाख १५ २०७८
3.7K
Shares
इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेट बीच विप्रेषण संझौता, जापानमा रहेका नेपालीलाई पैसा पठाउन सहज

ई–आर्थिक, काठमाडौं । जापानमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि. र डिजिटल वालेट बीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ । यस सम्झौता पछि जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको स्माइल मोवाइल रेमिटान्स एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।

यस मोवाइल एप गुगल प्लेस्टोर÷एपस्टोरबाट डाउनलोड गरी आफ्नो मोबाइलमा इन्स्टल गर्न सकिने बैंकले जानकारी दिएको छ । स्माइल मोवाइल रेमिटान्समार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ ।

स्माइल मोवाइलमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिने बैंकको भनाई छ । कोभिड–१९ को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन स्माइल मोवाइल प्रयोग गर्न हामी हाम्रा ग्राहकहरुलाई बैंकले अनुरोध पनि गरेको छ । यस माध्यम छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न उपयुक्त रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij