२०८३ साउन ९ शनिबार

नक्कली पीसीआर रिपोर्ट काण्ड : विदेश उड्न लागेका एक सय २२ जना विमानस्थलबाटै फिर्ता

ई आर्थिक    बुधबार, बैशाख ८ २०७८
10.5K
Shares
नक्कली पीसीआर रिपोर्ट काण्ड : विदेश उड्न लागेका एक सय २२ जना विमानस्थलबाटै फिर्ता

ई–आर्थिक, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको छ ।

सिनामंगलमा रहेको सौर्य हेल्थ केयर प्रालिबाट पीसीआर टेष्ट गराएका उनीहरुले विदेश उड्न पाउनु पर्छ भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्दोलन गरेका कारण उनीहरुलाई फिर्ता गरेर प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

उनीहरू काठमाडौंबाट कुवेत, दुबईलगायतका मुलुकमा उड्न लागेका थिए । ती नक्कली पीसीआर टेष्ट गरेका यात्रुले बुधबार विमानस्थलमा गएर आन्दोलन गरेका थिए ।

सिनामंगलमा रहेको सौर्य हेल्थ कियर प्रालिबाट पीसीआर टेष्ट गराएका उनीहरुले विदेश उड्न पाउनु पर्छ भन्दै विमानस्थलमा आन्दोलन गरेका कारण उनीहरुलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।
उनीहरुमध्ये ३१ जना अहिले पनि प्रहरीकै नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

मंगलबार अपराध महाशाखाको टोली र टेकु अस्पतालको टोलीले उक्त संस्थाले गरेको हेल्थ रिपोर्टहरु अवैधानिक भएको भन्दै छापा मारेको थियो । अवैधानिक काम गर्दो रहेछ भन्ने थाहा पाइसकेपछि सम्बन्धित एयरलाइन्सहरुले समेत उक्त संस्थाले गरेको हेल्थ रिपोर्टहरुलाई मान्यता नदिएको हो ।

एयरलाइन्सहरुले सो हेल्थ केयरबाट गरिएको पीसिआर रिपोर्टलाई मान्यता नदिएकै कारण युवाहरु विदेश उड्नबाट बन्चित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij