२०८३ साउन १० आइतबार

इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण शेयर जारी गर्ने

ई आर्थिक    शुक्रबार, चैत्र २७ २०७७
5.8K
Shares
इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण शेयर जारी गर्ने

ई–आर्थिक, काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने भएको छ । रु. १००/– अंकित दरका ५,५५,६०० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

उक्त सेयर निष्काशन तथा विक्री प्रवन्धकमा एन आई सी एशिया क्यापिटललाई नियुक्ती गरिएको छ ।

लालमणी जोशी अध्यक्ष रहेका यो संस्था सर्वसाधरणको समेत लगानी रहेको एउटा ‘इन्भेष्टमेन्ट कम्पनी’ हो ।

यसको मुख्य उद्देश्य नेपालको पूर्वधार विकास गर्नमा सरकारलाई सहयोग पुर्याउने हो । विकासका पूर्वाधार विकास गर्नका लागि विभिन्न आवश्यकताहरु हुन्छन् । तर सरकार र निजी क्षेत्रको बुद्धि–विवेकलाई तालमेल मिलाएर उपयोग गर्न सक्ने हो भने नेपालमा विकास छिटो गर्न सकिन्छ भन्ने आशयका साथ यो कम्पनीको स्थापना भएको हो ।

निजी क्षेत्रको ज्ञान, सीप र अनुभवलाई एकीकृत रुपमा लगेर सरकारले सुरु गरेको पूर्वाधार विकासका योजनाहरुमा लगाउन सक्ने हो भने समृद्धिका लागि गरिने कार्याक्रमहरु प्रभावकारी रुपमा अगाडी बढाउन सकिन्छ भन्ने आशय पनि यो संस्था स्थापना हुनुको एउटा कारण हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij