२०८३ साउन ११ सोमबार

शिवश्री हाइड्रोपावरले निर्माण गरेको माथिलो चाकु जलविद्युत् आयोजना निर्माण सम्पन्न, राष्ट्रिय प्रशारणमा समेत जोडियो

ई आर्थिक    मंगलबार, चैत्र २४ २०७७
11K
Shares
शिवश्री हाइड्रोपावरले निर्माण गरेको माथिलो चाकु जलविद्युत् आयोजना निर्माण सम्पन्न, राष्ट्रिय प्रशारणमा समेत जोडियो

ई–आर्थिक, काठमाडौं । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडले निर्माण गरेको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको उक्त आयोजना २२ दशमलव १ मेगावाटको रहेको छ ।

यो आयोजनाबाट उत्पादित विद्युत् मङ्गलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र एक सातापछि व्यापारिक उत्पादन शुरु गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिनुभयो । प्रतिमेगावाट रु २२ करोड लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर तीन दशमलव पाँचदेखि चार मेगावाट विद्युत् उत्पादन भएको छ ।

नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपाली प्राविधिकद्वारा नै गरिएको आयोजनाको हेड ८१५ मिटर रहेको छ । फुल्पींकट्टीको चन्द्रपुमा बाँध बाँधी मामिंङको याङले फाँटमा विद्युत् गृह निर्माण भएको आयोजनाको सुरुङमार्ग तीन हजार ३०० मिटर रहेको छ ।

अरनिको राजमार्गको १०० किलोमिटरमा पर्ने मार्मिङको चाकु बजारबाट ३० किलोमिटर पहुँच मार्ग निर्मण गरी आयोजनास्थलदेखि २२ किलोमिटर लामो प्रसारण लाइन मार्फत लामोसाधुस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि विसं २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी र पटकपटक बाढी पहिरोका कारण लामो समय लागेको आयोजनाले जनाएको छ । उक्त कम्पनीद्वारा निर्माण भइरहेको ३६ मेगावाटका अप्पर बलेफी आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक कसजुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij