२०८३ साउन १२ मंगलबार

उदयपुरको गढी गाउपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली, स्थानीय हर्षित

ई आर्थिक    शुक्रबार, चैत्र २० २०७७
6.4K
Shares
उदयपुरको गढी गाउपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली, स्थानीय हर्षित

ई–आर्थिक, उदयपुर । उदयपुर जिल्लाको गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेको छ । सधैँ अन्धकारमा रहँदै आएको जिल्लाको उक्त क्षेत्रमा बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो । गाउँपालिकाको विकट पाँच गाउँका करिब १५० घरधुरीमा बिहीबार पहिलोपटक बिजुली उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतले जानकारी दिइन् ।

प्रदेश सरकारको रु एक करोड २० लाख र बलान सामुदायिक वनको रु सात सात लाख गरेर कूल रु एक करोड २७ लाखको बजेटमा ती दुर्गम गाउँमा विद्युत् विस्तार गरिएको हो । पहिलोपटक बिजुली बलेपछि मैनीटारका ६७ वर्षीय गणेश अधिकारीले भने, ‘यस क्षेत्रमा बिजुली आउँछ भन्ने कुरा सपनामा पनि सोचेको थिइनँ तर आज सपना पूरा भयो, विपनामा नै बिजुली बल्यो विकास भनेको त यो पो हो ।’ सिराहाको लहान शाखाको बलान कद्माहा खण्ड हुँदै उदयपुर गढी गाउँपालिकाको ती दुर्गम गाउँमा पहिलोपटक विद्युत् विस्तार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij