२०८३ साउन ९ शनिबार

बायु प्रदुषण बारे आकस्मिक बैठक, विद्यार्थीमा गम्भीर असर देखिन थालेको भन्दै ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने निर्णय

ई आर्थिक    सोमबार, चैत्र १६ २०७७
19.6K
Shares
बायु प्रदुषण बारे आकस्मिक बैठक, विद्यार्थीमा गम्भीर असर देखिन थालेको भन्दै ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने निर्णय

ई–आर्थिक, काठमाडौं । बायु प्रदुषणले विद्यार्थीमा गम्भीर असर देखिन थालेको भन्दै सरकारले भोलीदेखि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।

लाखौं विद्यार्थीमा प्रतिकुल असर परेको भन्दै शिक्षण संस्था बन्द गर्नु परेको मन्त्रालयको भनाई छ ।

सरकारको निर्णय अनुसार भोली मंगलबारदेखि शुक्रबारसम्म बन्द देशभरका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द हुनेछन् । मन्त्रालयमा बैठक हुनु अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गरेका थिए ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बढेको वायु प्रदूषण अझै रोकिएको छैन् । यसरी बढेको बायु प्रदुषणलाई सबै बर्ग उमेर समूहका स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

लामो समयको खडेरीले हावा सुख्खा भएको छ । त्यसैगरी हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएपछि बायु प्रदुषण उच्च भएको जल तथा मौसमविद्‍हरुले जानकारी दिएका छन् । यसका साथै डढेलोका घटना दिन प्रतिदिन बढिरहेकाले वायु प्रदूषित भएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij