५ लाख ९४ हजार लगानीकर्तालाई १० कित्ता, १२ लाख ४८ हजार आवेदकको हात खाली
ई–आर्थिक, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त साधारण सेयर बाँडफाँड भएको हो ।
कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो ।
आईपिओमा कुल १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको छ । कुल आईपिओमा १७ लाख ९७ हजार ८ सय ३५ जनाले ३ करोड ५८ लाख ९९ हजार कित्ताका लागि रितपुर्वक आवेदन परेको छ ।
बैंक खातामा पैसा नहुँदा ४१ हजार ७ सय ३ जनाको आवेदन बैंकिङ प्रणलीबाटै रद्ध भएको छ ।
रितपुर्वक परेको १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड गरिएको छ । जसमा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्दैछ । जसमा संस्थापक समुहको ७० प्रतिशत र सर्वसाधारण समुहको ३० प्रतिशत हुनेछ ।