ई–आर्थिक, काठमाडौं । झापा जिल्लाको गौरदाह नगरपालिका ५ स्कूलचहन बजारमा राधाकृष्ण हेल्थ क्लब स्थापना गरिएको छ । ५० लाख लगानीमा स्थापना गरिएको उक्त क्लब बैशाख १ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आउने जानकारी दिइएको छ । यति ठूलो लगानीमा उक्त क्षेत्रमा स्थापना गरिएको राधाकृष्ण हेल्थ क्लब पहिलो हो ।
केटाकेटी, युवा देखि बुढापाका समेतलाई लक्षित गरी उक्त हेल्थ क्लब स्थापना गरिएको सञ्चालकहरुले जानकारी दिएका छन् । सबैको मन मष्तिक र शरीरलाई तन्दुरुस्त बनाउनका लागि ‘स्वास्थ जीवन सधैंको लागि सबैको लागि’ भन्ने नाराको उक्त हेल्थ क्लब सञ्चालनमा ल्याइएको छ ।
यसमा जुम्बा, कार्डियो थेरापी, स्टीम बाथ जस्ता सेवा सुविधा उपलब्ध छन् । सुबिधा सम्पन्न आफ्नै भवनको पहिलो तलामा रहेको उक्त हेल्थ क्लब सुबिधायुक्त आधुनिक उपकरणबाट कसरत गराइने उल्लेख गरिएको छ । विशेषगरी युवा बर्गहरुको लागि सस्तोमा आधुनिक उपकरण प्रयोग गरी कसरत गराइन्छ । ’ राधाकृष्ण हेल्थ कलबका सञ्चालक नवीन किशोर पौडेल बताउछन् ।

यो हेल्थ क्लब उमेर समूह विशेषका लागि मात्रै नभई सबै बर्ग र उमेर समूहलाई आवश्यक पर्ने कसरत सेवा उपलब्ध हुने र यसले सबैको स्वास्थ्यलाई फाइदा पुग्ने सह–सञ्चालक सहसञ्चालक भरत कार्की बताउँछन् ।
यसमा गरिने कसरतले क्षमता अभिबृद्धि हुनुको साथै स्वास्थ्यको लागि ठूलो उपलब्धि हुने उनीहरुको विश्वास छ ।
हरेक मानिस स्वास्थ रहन कसरत अति नै जरुरी छ । स्वास्थ नै धन हो भन्ने भावनाबाट प्रेरित भई उक्त क्लब सञ्चालनमा ल्याइएको सञ्चालक पौडेलको भनाई छ ।