ई–आर्थिक, काठमाडौं : सेवाग्राहीबाट घुस लिएपछि एक कर अधिकृत र एक कन्सल्टेन्सीका प्रोपाईटर अख्तियारको फन्दामा परेका छन् । यसरी घुस लिने धनुषास्थित आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत रमेश ढकाल र कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्ण घुस रकम सहित अख्तियारको फन्दामा परेका हुन ।
अख्तियारले उनीहरुलाई सेवाग्राहीबाट डेढलाख घुस रकम सहित जनकपुरधाम उपमहानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट पक्राउ गरेको थियो । त्यसैगरी कर अधिकृत ढकाललाई भने नेपाल स्काउटको कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको थियो ।
घुस रकम सहित पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालयले जानकारी दिएको छ ।