ई–आर्थिक, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) बाँडफाड हुने भएको छ । शुक्रवार विहान ८ बजे बाँडफाड गर्ने तयारी गरिरहेकोे नेपाल एसबिआई मर्चेन्ट बैंकले जानकारी दिएको छ ।
संस्थाले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्काशन गरेको थियो ।
सर्वसाधारण समुह तर्फको ४ लाख कित्ता मध्ये ५ हजार कित्ता कर्मचारीहरुका लागि बिक्री गरेको छ । त्यस्तै म्युअल फण्डहरुलाई ५ प्रतिशत बिक्री गरेर बाँकी रहेको तीन लाख ७५ हजार कित्ता प्राथमिक शेयर सर्वसाधारणहरुलाई बाँडफाड गर्ने भएको हो ।
१५ लाख १९ हजारले २ करोड ३४ कित्ताका लागि आवेदन दिएको साधारण सेयर बिक्री प्रवन्धक नेपाल एसबिआइ मर्चेन्ट बैंकले जानकारी दिएको छ । यो माग भन्दा ६२.४९ गुणा बढि आवेदन परेको थियो । संस्थाको प्राथमिक सेयर जम्मा ३७ हजार ५०० आवेदकले मात्रै प्राप्त गर्ने छन् ।