ई–आर्थिक, बिर्तामोड । झापाको बिर्तामोड सिटी सेन्टरमा नयाँ अवधारणा सहित सञ्चालनमा ल्याइएको आइसक्रिम ल्याबले छोटो समयमै लोकप्रियता कमाउन थालेको छ ।
आधुनिक बिर्तामोडको नयाँ परिचयको रुपमा रहेको सो सेन्टरमा खोलिएको उक्त आइसक्रिम ल्याबको हालै एक कार्यक्रमका बीच चर्चित गायक प्रमोद खरेलले उद्घाटन गरेका थिए ।
बिर्तामोडका सिर्जनशील र उदीयमान सफल व्यवसायी दिपेन्द्र राउत र उमेश राउतले सञ्चालनमा ल्याएको आइसक्रिम ल्याब जिल्लाकै नयाँ अबधारणा र पृथक तरिकाबाट आइसक्रिम उत्पादन गर्ने ल्याब हो ।
अन्तर्राष्ट्रिय ब्रान्ड आइसक्रिम ल्याबलाई नेपालमा विधिवत दर्ता गरी फ्रेन्चाइज मोडलमा लगिने तयारी भइरहेको छ । देशभरि फ्रेन्चाइज लिन चाहने व्यवसायीहरुलाई मेसिन, कच्चा पदार्थ र तालिमसमेत यस कम्पनीले दिने भएको छ
नाइट्रोजनबाट आइसक्रिम बनाउने नयाँ प्रविधि सुरुवात गरिएको कम्पनीले जानकारी दिएको छ । विश्व बजारमा अत्यधिक रुचाइएको वफलसमेत आफ्नो आइसक्रिम ल्याबमा उपलब्ध रहेको उक्त ल्याबका सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए ।
सो ल्याबबाट वफलसँगै गोल्डेन मिल्क, पानकेक, फ्रेन्च टोस्ट, इन्डियन स्न्याक्स स्विट कन, ताजा फ्रुट जुस, पानीपुरी, चाट, चिया, विन कफीलगायतका परिकार उपलब्ध रहने सञ्चालक राउतले बताए ।
अन्तर्राष्ट्रिय ब्रान्ड आइसक्रिम ल्याबलाई नेपालमा विधिवत दर्ता गरी फ्रेन्चाइज मोडलमा लगिने उनको भनाई छ ।
देशभरि फ्रेन्चाइज लिन चाहने व्यवसायीहरुलाई मेसिन, कच्चा पदार्थ र तालिमसमेत यस कम्पनीले दिने सञ्चालक राउतले बताए । नयाँ अवधारणा सहितका आधा दर्जनभन्दा बढी कम्पनी तथा संस्था सञ्चालनमा ल्याइरहेको सञ्चालक राउतद्वय झापाका उदयमान र सिर्जनशील युवा व्यवसायीका रुपमा चिनिन्छन् । आफू मातहातमा रहेका कम्पनी तथा संस्था मध्ये दिपेन्द्र राउत शिखर बचत तथा ऋण सहकारीका अध्यक्षको रुपमा, शिखर बजारका प्रबन्ध निर्देशकको रुपमा, सिटी सेन्टर विर्तामोडका सञ्चालकको रुपमा र न्यू पाथिभारा ट्रेड कन्सर्नका सञ्चालकको रुपमा जिम्मेवारी लिएर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
त्यसैगरी उमेश राउतले भने पल क्रिएसनको प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका उमेश राउत प्रतिदिन दैनिकका सञ्चालक हुन ।
विभिन्न सामाजिक संघ/संस्थामा समेत सक्रिय राउतद्वय झापामै मिलनसार र सामाजिक व्यक्तित्वको रुपमा परिचित छन् । दर्जन बढी सम्मान पाइसकेको दिपेन्द्र राउतलाई हालैमात्रै सिटिनन्स लाइफ इन्स्योरन्सबाट सम्मानित भएका छन् ।

कम्पनीको बिर्तामोड शाखाले स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसर पारेर एक संक्षिप्त कार्यक्रम आयोजना गरी राउतलाई सम्मान गरेको थियो ।
यही फागनु १६ गते हुने विर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा कोषाध्यक्षको उम्मेद्वारी दिएका दिपेन्द्र राउत सबैभन्दा चर्चाका उम्मेद्वार समेत भएका छन् ।