ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मनाङको मनाङ ङिस्याङ गाउँपालिका –४, मनाङ बजारमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकको यो नयाँ शाखासँगै बैंकको कुल शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ ।
मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा पुगेको बैंकले जानकारी दिएको छ ।
त्यस्तै बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।