ई–आर्थिक, काठमाडौं : लिटिल डान्सिङ स्टार दिभांशी बैदवारको अभिनय रहेको गीति एल्बम ‘क्रन्दन’ सार्वजनिक भएको छ । बैदवार हिमालय टेलिभिजनबाट प्रसारित ‘डान्सिङ विथ द स्टार्स नेपाल’मा सहभागी भएकी लिटिल प्रतिभाशाली हुन् ।
उनको अभिनय रहेको उक्त भिडियोमा नेपाली समाजमा आजभोलि दिनहुँ देखिन थालेका सामाजिक विकृति तथा बालिका बलात्कार र हत्याजस्ता जघन्य अपराध गर्नेमाथि कारवाही हुन नसकेको दुखद पक्षलाई समेटिएको छ ।
उक्त भिडियोमा दिभांसी लगायत रमिक सिंह ठकुरी, अनन्त सिग्देल, बिपुल राजभण्डारी, युबिना भट्राई, निशान खत्री क्षेत्री, आश्ना राना, मीरा केसी, सबिना भण्डारी, गीता थापाको जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ ।
गीतमा गायिका मेलिना राईको आवाज तथा गीतकार विजय अधिकारीको शब्द रहेको छ ।
यस्तै गीतका संगीतकार मोहित मुनाल हुन भने निरज श्रेष्ठको छायांकन रहेको उक्त गीतका दृश्य सम्पादक भरत रेग्मी हुन् ।