२०८३ साउन ९ शनिबार

जगदम्बामोटर्सले गर्याे डाउनलोड एन्ड विनको विजेता घोषणा

ई आर्थिक    शुक्रबार, माघ २३ २०७७
6.3K
Shares
जगदम्बामोटर्सले गर्याे डाउनलोड एन्ड विनको विजेता घोषणा

ई–आर्थिक, काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् ।

टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपकप्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन ।

उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो । यस अभियानमा ग्राहकहरुले भाइवरमा टिभीएस दशैंको आशा नामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर सक्ने अवसर पाएका थिए ।

हामी नेपालको एक प्रमुख मोटरसाइकलका वितरक जगदम्बा मोटर्स टिभीसँग साझेदारीमा रहेकोमा गर्व गरेकोे जनाएको छ । यस अभियानभरि नै उत्साहजनक सहभागीता पाएको र प्रयोगकर्ताहरूले यस अभियानको आनन्द लिएको पनि कम्पनीले बताएको छ ।

‘हामी आगामी दिनमा टिभीसँगको हाम्रो साझेदारीलाई अझ सुदृढ पार्न अगाडि बढिरहेका छौं र अझ धेरै यस्ता रमाइलो उपहारहरुप्रदानगर्न चाहन्छौं’ एपीएसी राकुटेन भाइवरका वरिष्ठ निर्देशक डेभिड टीसी भन्छन् ।

‘हाम्रा ब्रान्डसँग सम्बद्ध ग्राहकहरुलाई डिजिटल रुपमा संलग्न गराउनुका साथै उनीहरुको जिवनमा रमाइलो र उत्साहप्रदानगर्न टिभीएससँग सहकार्य गरेकोमा राकेटुन भाइवर प्रति आभारी रहेको छौं । हामी देशभरबाट ग्राहकको व्यापक सहभागिताले निकै खुसी छौं । हामी यो अभियानमा सहभागी भएर यसलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छौं’ जगदम्बा मोटर्सका जनरल म्यानेजर–सेल्स् एण्ड बिजनेस डेभ्लपमेन्ट दीपकप्रसाद रौनियारले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij