ई–आर्थिक, काठमाडौं : विभिन्न कारणले मलेसियामा मृत्यु भएका नेपालीको शव लिन गएको नेपाल एयरलाइन्सको जहाज फर्किएको छ । ती शव लिन शुक्रबार मलेसिया गएको सो विमान आज शनिवार विहान नेपाल फर्केको थियो ।
सो एयरलाइन्सको वाइडबडीले वैदेशिक रोजगारीका क्रममा मलेसिया गई उतै निधन भएका १७ नेपालीको शव काठमाडौँ ल्याएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याइएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।